२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव



अ+ अ-

बग्दाद। मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनहरूमा लामो लाइन लागेको जनाइएको छ ।

पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको जनाइएको छ ।

इराकको पेट्रोलको औसत दैनिक खपत तीन करोड ३० लाख लिटर छ, तर अधिकारीहरूका अनुसार मानिसहरू अभावका कारण माग बढेर तीन करोड ८० लाख पुगेको छ ।

क्षेत्रीय घटनाहरू र चलिरहेको द्वन्द्वले इराकी बन्दरगाहहरूमा तिनीहरूको आगमनमा ढिलाइ गर्दै ट्याङ्कर आवागमनमा चुनौतीहरू निम्त्याइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नागरिकहरूलाई आवश्यक पर्ने मात्रा मात्र इन्धन किन्न र भण्डारणका लागि भीडभाड नगर्न आग्रह गरेको छ भने ऊर्जा मन्त्री बासेम मोहम्मद खुदैरले “पेट्रोलको अस्थायी अभाव” लाई सम्बोधन गरिरहेको र आपूर्ति स्थिर गर्न मद्दत गर्न नयाँ ढुवानी चाँडै आइपुग्ने बताउनुभएको छ । अन्य तेल उत्पादकहरू जस्तै इराक पनि अमेरिका–इरान द्वन्द्वबाट धेरै प्रभावित भएको छ, जसले हर्मुजको जलमार्गलाई अवरुद्ध गरेको छ ।

गत फेब्रुअरीमा युद्ध सुरु हुनुअघि इराकले प्रति दिन करिब ४० लाख ब्यारेल उत्पादन  गर्ने गरेको र हर्मुज हुँदै औसत ३४ लाख ब्यारेल निर्यात गर्ने गरेको जनाइउको छ ।

उल्लेखनीय गिरावटपछि, इराकी तेल निर्यात अगस्तमा २२ लाख बीपीडीभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ । गत महिना, इरानको समाचार एजेन्सी इरनाले गत छ महिनामा तेहरानले धेरै इराकी तेल ट्याङ्करलाई हर्मुज हुँदै जान अनुमति दिएको बताएको थियो । (रासस/एएफपी)