१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज कारागारको जीर्णोदारको काम तत्काल सुरु गरियोस् – प्रदिप यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले जीर्ण अवस्थामा रहेको वीरगञ्ज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेदार गर्नुपर्ने स्पष्ट पार्नु भयो । सांसद यादवले भन्नु भयो, ‘पर्सा जिल्लाको वीरगञ्ज कारागारको अवस्था अहिले जीर्ण बनेको छ । र, कारागार अहिले यातना गृह बनेको छ ।

कारगार सुधार्ने ठाउँ हो कि बिगार्ने ठाउँ हो ? वीरगंज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी रहेका छन । र, यसरी कोचाकोच गरेर कैदीबन्दी राख्नु अपराध हो कि होइन ? सभामुख महोदय । शौचालयको समस्या उस्तै खराव छ । ९० वर्ष पुरानो यो कारगार अहिले जीर्ण छ । र, कारगारको सुरक्षामा तैनाथ प्रहरीहरुको सुरक्षा पोष्ट एकदमै जीर्ण भएको छ । कुनै बेला पनि दुर्घटना हुन सक्छ । यसकारण नेपाल सरकारलाई म अनुरोध गर्न चाहन्छु–वीरगंज कारागारमा स्थलगत अवलोकन गरेर त्यसको निर्माणको काम सुरु गरियोस् ।’

वीरगंज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोदार तत्काल नगरे गम्भिर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराउनु भयो ।