५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
अ+ अ-

ताप्लेजुङ। सातदोबाटो फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सिरहाको सलहेश युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सलहेशले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

सलहेशका लागि फागुराम थारु, सनिष श्रेष्ठ, निषकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरे । रोहन कार्कीको प्रहार भने सातदोबाटोका गोलरक्षकले रोकेका थिए । सातदोबाटोका विशाल भण्डारी, शिला र श्याम मुर्मुले गोल गरे । तर उक्त टिमका श्यामेल सुनुवार र विश्व लामाको प्रहार भने सलहेशका गोलरक्षकले रोके ।

आजको जितसँगै साविक विजेता सलहेशले सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबसँगको भेट पक्का गरेको छ । यसअघि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र भारतको जर्जियन युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।

आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ र उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।

विसं २०२२ देखि विभिन्न नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्ला केही वर्षयता ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ । रासस