५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल
अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले नुवाकोटमा दुई हजार २७४ नागरिकलाई १६ वटा आश्रयस्थल तथा शिविरमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।

साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफहाउस÷किरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ ।

बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल÷भैरुम मावि, रिमालडाँडा र इन्द्रायणी आविमा बनाइएका शिविरमा राखिएको छ ।

विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि÷वडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ । त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको छ ।

रसुवा जिल्लामा बाढी प्रभावितको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ । जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै एक हजार १८० विपद् प्रभावित नागरिकले आश्रय लिएका छन् । स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका–१÷२ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन् । गोसाइकुण्ड गाउँपालिका– १, २, ३, ५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी र आमाछोदिङ्गो गाउँपालिकाका–१ र २ का हाकु, पाङ्ग्रङ र ग्रेमा आश्रयस्थलहरू सञ्चालनमा छन् ।

यी आश्रयस्थल तथा होल्डिङ सेन्टर व्यवस्थापनमा स्थानीय तहले नेतृत्वदायी भूमिका खेलिरहेका छन् । राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत वितरण कार्य गरिएको छ ।

रसुवामा त्यहाँका प्रभावितका लागि धुञ्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टिम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिक्षेत्रमा नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा सक्रिय छ ।

बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन र सुरक्षित स्थानमा राहत तथा औषधोपचार पु¥याउन स्थानीय प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ लागि परेको बताइएको छ । रासस