१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा



अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशीमा गत बुधबार बिहान गएको बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापना तीव्र गतिमा भइरहेको छ ।

आइतबारसम्म अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन् । नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका १२० बिटिएस टावर थिए ।

जसमध्ये ३८ वटा प्रभावित भएकामा हालसम्म १०६ वटा सञ्चालनमा आएका छन् । एनसेलका ७८ वटा बिटिएस टावरमध्ये २७ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अब तीन वटा मात्रै सञ्चालनमा आउन बाँकी छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटेलाइट बाढी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ ।रासस