• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै ★   प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा ★   संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल ★   कोपा अमेरिकाः चिली बाहिरियो, क्यानडा क्वाटरफाइनलमा ★   संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ ★   ५ ओभरमा ३० रन आवश्यक ६ विकेट हातमा, तर किन हार्यो दक्षिण अफ्रिका ? ★   एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन सुरु -फोटो फिचर ★   घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते ★   संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छ: उपसभामुख राना ★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने एक व्यक्ति पक्राउ



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेटवर्किङ व्यवसाय गरी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले १४ जना पिडितबाट नगद रु १७ लाख तीन हजार चार सय र ३६ जना पिडितबाट नगद रु ३८ लाख १९ हजार चार सय बराबरको रकम‌ ठगी गर्ने काठमाडौँ महानगरपालिका–७ चावहिल, गंगाहिटीमा रहेको भिजन ड्रिमरी प्रालिका सञ्चालक धरान उपमहानगरपालिका–१७ की ३५ वर्षीया जुनुकला राईलाई पक्राउ गरिएको जनाएको छ ।

निज राईले नेपाली कला र सीपबाट सृजित विभिन्न प्रकारका सामान उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई‌ इजाजतको समेत बर्खिलाप हुने गरी १६–२५ बर्ष उमेर समुहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न योजना (९२५ प्रतिशत, ३५ प्रतिशत, ४५ प्रतिशत र ४६ प्रतिशत नाम दिई), वैदेशिक भ्रमण लगायतका लोभन दिई न्यूनतम ११,३०० देखि अधिकतम ५,००,००० सम्म तिरी सदस्यता बनाएकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुलाई कम्तीमा ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने र गर्न नसकेको खण्डमा कम्पनीबाट उत्पादित भनिएको गुणस्तर परीक्षण नभएको विभिन्न तयारी पोशाक, जुत्ता, हस्तकलाका सामाग्रीहरु बजार मूल्यभन्दा अत्यधिक ज्यादा मूल्यमा बिक्री गराउनु पर्ने शर्त राख्नुका साथै शर्त पालना नगरिएको खण्डमा लगानी रकम समेत फिर्ता नगरी लाखौँ नगद असुल गरेकी थिइन् ।

राईउपर ठगी सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।