९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ ।

अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक्सन प्रालिले प्राप्त गरेको र निवेदकसँग कुनै सम्बन्ध नदेखिको हुँदा निर्माण भइसकेको चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले जारी गरिएको अल्पकालीन आदेश जारी नहुने उल्लेख गरिएको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले चलचित्र प्रदर्शन हुने बाटो खुलेको जानकारी दिनुभयो ।

गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।