• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताउनु भयो । उहाँले दुई सभापति आफुहरुले अनिवार्य पाउनैपर्ने बताउनु भयो । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उहाँले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ । हामीले दुईवटा पाउनैपर्छ । दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ । त्यो हाम्रो अधिकार पनि हो । किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसावमा पाँचौ ठूलो दल हौँ । राष्ट्रिय दल पनि हो । राष्ट्रिय दल र पाँचौ ठुलो दल भएका हिसावले दुईवटा समितिमा हाम्रो दाबी हुन्छ । अर्को, लोकतन्त्रको मान्यता के हो भने, सरकार सत्तापक्षको हो ।

सदन प्रतिपक्षको हुन्छ । सदनमा जहिल्यैपनि प्रतिपक्षको आवाज सुनिनुपर्छ । बल्ल प्रजातन्त्र दिगो रुपमा टिकाउ हुन्छ । विषयगत समितिमा विषयगत ज्ञान हुनुपर्छ । राप्रपाले विषयगत रुपमा नै व्यक्तिको छनोट गर्छ । जस्तै हामीले भोली लेखा समिति पायौँ भने लेखा सम्बन्धी ज्ञान भएको मान्छे त्यहाँ जान्छ । राज्य व्यवस्था समिति भयो भने प्रशासनसँग सम्बन्धित ज्ञान भएको मान्छेलाई हामीले त्यहाँ नियुक्ति गर्छौं । विषयगत ज्ञान भएका मान्छे हामी चयन गर्छौं ।’

उहाँले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताउनु भयो । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उहाँले उल्लेख गर्नुभयो ।