१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको विरोधमा नगरपालिकाका कर्मचारी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुले विज्ञप्ती जारी गर्दै ताला नखोलेसम्म कालोपट्टि बाँधेर विरोध जनाउने चेतावनी समेत दिएका छन् ।

नेपाली कांग्रेस र सो निकट भातृसंगठन नेविसंघका कार्यकर्ताले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्यमाथि गरिएको अभद्र व्यवहार र शिक्षा तथा खेलकुद शाखामा गरिएको तालाबन्दीप्रति भिमाद नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।