३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिस टोपली आईपीएल सिजनबाट बाहिर



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग २०२३ (आईपीएल)को दोस्रो खेलपछि नै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो धक्का लागेको छ । टिमका स्टार खेलाडी रिस टोपली काँधको चोटका कारण सिजन सिजन बाहिर भएका छन् । आरसीबीले शुक्रबार यसको जानकारी दिएको हो ।

पहिलो खेलमा टोपलीको काँधमा चोट लागेको थियो । बैंगलोरका बायाँ हाते तेज बलर टोपली २ अप्रिलमा मुम्बई इन्डियन्स (एमआई) विरुद्धको आईपीएल डेब्यू खेलमा फिल्डिङ गर्दा दायाँ काँधमा चोट लागेको थियो । आईपीएलमा उनको यो पहिलो खेल थियो ।

खेलको बिचमा उनलाई निकै पीडा भएको देखिएको थियो । उनलाई मैदानबाट बाहिर निकालियो । टोपलीले आफ्नो स्पेलको दोस्रो ओभरमा क्यामरुन ग्रीनलाई बोल्ड गरे । उनले पावरप्लेमा दुई ओभर बलिङ गरे र १४ रन दिएर एक विकेट लिए । तर पावरप्लेपछि ८ औं ओभरमा फिल्डिङ गर्ने क्रममा उनको काँधमा चोट लागेको थियो ।

उनी ओभरको तेस्रो बलमा सर्ट फाइन लेगमा उभिएका थिए । तिलक वर्माको स्वीप शटमा बल टोपलीमा गएको थियो । उनले डाइभिङ रोके, तर प्रयासमा उनको काँधमा नराम्रो चोट लाग्यो । उनी मैदानबाट बाहिरिए र खेलमा फेरि बलिङ गर्न सकेनन् ।

टोलीका मुख्य प्रशिक्षक सञ्जय बांगरले पहिलो खेलमा टोपलीको काँधमा चोट लागेको बताए । दुर्भाग्यवश टोपली प्रतियोगिताबाट बाहिरिएपछि स्वदेश फर्कनुपर्‍यो । ‘हामीले उनलाई यहाँ राख्न सक्दो प्रयास गरेका छौँ तर उपचार र विज्ञहरूले केही समयका लागि बाहिरिने सुझाव दिएका छन्,’ उनले भने ।

उनले यो पनि खुलासा गरे कि श्रीलंकाका खेलाडी वानिन्दु हसरंगा १० अप्रिलमा न्युजिल्याण्डबाट आउनेछन् र अष्ट्रेलियाका तेज बलर जोस हेजलउड १४ अप्रिलमा फर्किने अपेक्षा गरिएको छ । रजत पाटीदार पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । विल ज्याक पनि बाहिर भएपछि उनको स्थानमा माइकल ब्रेसवेल टोलीमा सामेल भएका छन् ।