८ श्रावण २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिस टोपली आईपीएल सिजनबाट बाहिर



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग २०२३ (आईपीएल)को दोस्रो खेलपछि नै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो धक्का लागेको छ । टिमका स्टार खेलाडी रिस टोपली काँधको चोटका कारण सिजन सिजन बाहिर भएका छन् । आरसीबीले शुक्रबार यसको जानकारी दिएको हो ।

पहिलो खेलमा टोपलीको काँधमा चोट लागेको थियो । बैंगलोरका बायाँ हाते तेज बलर टोपली २ अप्रिलमा मुम्बई इन्डियन्स (एमआई) विरुद्धको आईपीएल डेब्यू खेलमा फिल्डिङ गर्दा दायाँ काँधमा चोट लागेको थियो । आईपीएलमा उनको यो पहिलो खेल थियो ।

खेलको बिचमा उनलाई निकै पीडा भएको देखिएको थियो । उनलाई मैदानबाट बाहिर निकालियो । टोपलीले आफ्नो स्पेलको दोस्रो ओभरमा क्यामरुन ग्रीनलाई बोल्ड गरे । उनले पावरप्लेमा दुई ओभर बलिङ गरे र १४ रन दिएर एक विकेट लिए । तर पावरप्लेपछि ८ औं ओभरमा फिल्डिङ गर्ने क्रममा उनको काँधमा चोट लागेको थियो ।

उनी ओभरको तेस्रो बलमा सर्ट फाइन लेगमा उभिएका थिए । तिलक वर्माको स्वीप शटमा बल टोपलीमा गएको थियो । उनले डाइभिङ रोके, तर प्रयासमा उनको काँधमा नराम्रो चोट लाग्यो । उनी मैदानबाट बाहिरिए र खेलमा फेरि बलिङ गर्न सकेनन् ।

टोलीका मुख्य प्रशिक्षक सञ्जय बांगरले पहिलो खेलमा टोपलीको काँधमा चोट लागेको बताए । दुर्भाग्यवश टोपली प्रतियोगिताबाट बाहिरिएपछि स्वदेश फर्कनुपर्‍यो । ‘हामीले उनलाई यहाँ राख्न सक्दो प्रयास गरेका छौँ तर उपचार र विज्ञहरूले केही समयका लागि बाहिरिने सुझाव दिएका छन्,’ उनले भने ।

उनले यो पनि खुलासा गरे कि श्रीलंकाका खेलाडी वानिन्दु हसरंगा १० अप्रिलमा न्युजिल्याण्डबाट आउनेछन् र अष्ट्रेलियाका तेज बलर जोस हेजलउड १४ अप्रिलमा फर्किने अपेक्षा गरिएको छ । रजत पाटीदार पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । विल ज्याक पनि बाहिर भएपछि उनको स्थानमा माइकल ब्रेसवेल टोलीमा सामेल भएका छन् ।