३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा भारतको छलाङ



अ+ अ-

एजेन्सी । भारतीय फुटबल टोली आइतबार पाँच स्थान सुधार गर्दै फिफा विश्व वरियतामा १०१ औँ स्थानमा पुगेको छ । हालै इम्फालमा भएको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतले म्यानमारलाई १–० र किर्गिस्तान २–० ले पराजित गरेको थियो।

भारत अहिले न्युजिल्यान्डभन्दा एक स्थान तल र केन्याभन्दा एक स्थान माथि छ । १२००.६६ अंक रहेको भारत एसियाली देशहरूमा १९ औं स्थानमा छ । एसियामा जापान शीर्ष स्थानमा छ । भारतको उत्कृष्ट वरियतामा सन् १९९६ मा ९४ औँ रहेको थियो ।

विश्व च्याम्पियन अर्जेन्टिना एक स्थानको अग्रता लिएर शीर्ष स्थानमा उक्लिएको छ । त्यसपछि फ्रान्स, ब्राजिल, बेल्जियम, इंग्ल्याण्ड, नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेनका टोली छन् ।

फिफा विश्व वरियतामा यो वर्षको पहिलो सूची हो, अघिल्लो सूची डिसेम्बरमा जारी गरिएको थियो ।