३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा भारतको छलाङ



अ+ अ-

एजेन्सी । भारतीय फुटबल टोली आइतबार पाँच स्थान सुधार गर्दै फिफा विश्व वरियतामा १०१ औँ स्थानमा पुगेको छ । हालै इम्फालमा भएको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतले म्यानमारलाई १–० र किर्गिस्तान २–० ले पराजित गरेको थियो।

भारत अहिले न्युजिल्यान्डभन्दा एक स्थान तल र केन्याभन्दा एक स्थान माथि छ । १२००.६६ अंक रहेको भारत एसियाली देशहरूमा १९ औं स्थानमा छ । एसियामा जापान शीर्ष स्थानमा छ । भारतको उत्कृष्ट वरियतामा सन् १९९६ मा ९४ औँ रहेको थियो ।

विश्व च्याम्पियन अर्जेन्टिना एक स्थानको अग्रता लिएर शीर्ष स्थानमा उक्लिएको छ । त्यसपछि फ्रान्स, ब्राजिल, बेल्जियम, इंग्ल्याण्ड, नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेनका टोली छन् ।

फिफा विश्व वरियतामा यो वर्षको पहिलो सूची हो, अघिल्लो सूची डिसेम्बरमा जारी गरिएको थियो ।