६ आश्विन २०८१, आईतवार
,
Latest
पूर्वडीआईजी छविलाल जोशी काठमाडौं पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा भारतको छलाङ



अ+ अ-

एजेन्सी । भारतीय फुटबल टोली आइतबार पाँच स्थान सुधार गर्दै फिफा विश्व वरियतामा १०१ औँ स्थानमा पुगेको छ । हालै इम्फालमा भएको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतले म्यानमारलाई १–० र किर्गिस्तान २–० ले पराजित गरेको थियो।

भारत अहिले न्युजिल्यान्डभन्दा एक स्थान तल र केन्याभन्दा एक स्थान माथि छ । १२००.६६ अंक रहेको भारत एसियाली देशहरूमा १९ औं स्थानमा छ । एसियामा जापान शीर्ष स्थानमा छ । भारतको उत्कृष्ट वरियतामा सन् १९९६ मा ९४ औँ रहेको थियो ।

विश्व च्याम्पियन अर्जेन्टिना एक स्थानको अग्रता लिएर शीर्ष स्थानमा उक्लिएको छ । त्यसपछि फ्रान्स, ब्राजिल, बेल्जियम, इंग्ल्याण्ड, नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेनका टोली छन् ।

फिफा विश्व वरियतामा यो वर्षको पहिलो सूची हो, अघिल्लो सूची डिसेम्बरमा जारी गरिएको थियो ।