३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग रिस राग छैन, सबैसँग समन्वय गरेर विकासका लागि काम गर्न चाहन्छु – सर्वेन्द्र खनाल



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार रहेका सर्वेन्द्र खनालले जालझेलको राजनीति गर्न नजाने पनि देश र जनताको हितका लागि राजनीति गर्न जानेको बताएका छन् ।

बुधबार प्रेस चौतरी तनहुँद्वारा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै खनालले सधैं देश र जनताको हितका लागि राजनीति गर्ने बताएका हुन् ।

उनले भने ‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’ ।

आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको बताउँदै देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्ने उनको भनाई छ ।

राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले सांसदको रुपमा प्रभावकारी काम गर्न सक्ने दाबि गर्दै सुरक्षालाई प्रमुख प्रथामिकता दिएर भ्रष्टाचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्रस्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र विकासका लागि काम गर्न चाहन्छु’ उनले भने । गत मंसिरको चुनावमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्पतिमा निर्वाचित भएपछि रिक्त रहेको यस क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।