१४ मंसिर २०८१, शुक्रबार
,
Latest
विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य उपनिर्वाचनः चुनावको भोलिपल्टै सबै ठाउँको नतिजा आउने रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषको डिभोर्स प्रधानमन्त्री ओली लुम्बिनीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग रिस राग छैन, सबैसँग समन्वय गरेर विकासका लागि काम गर्न चाहन्छु – सर्वेन्द्र खनाल



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार रहेका सर्वेन्द्र खनालले जालझेलको राजनीति गर्न नजाने पनि देश र जनताको हितका लागि राजनीति गर्न जानेको बताएका छन् ।

बुधबार प्रेस चौतरी तनहुँद्वारा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै खनालले सधैं देश र जनताको हितका लागि राजनीति गर्ने बताएका हुन् ।

उनले भने ‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’ ।

आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको बताउँदै देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्ने उनको भनाई छ ।

राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले सांसदको रुपमा प्रभावकारी काम गर्न सक्ने दाबि गर्दै सुरक्षालाई प्रमुख प्रथामिकता दिएर भ्रष्टाचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्रस्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र विकासका लागि काम गर्न चाहन्छु’ उनले भने । गत मंसिरको चुनावमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्पतिमा निर्वाचित भएपछि रिक्त रहेको यस क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।




भर्खरै