• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

मधेस प्रदेश: एमाले सरकार बाट बाहिरिदै, चार मन्त्रीले आजै राजीनामा दिने



जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेका चारैजना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिने तयारी गरेका छन्।

एमालेबाट सरकारमा रहेकाभौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो। जैद आलमले राजीनामा दिने भएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि उनीहरुले राजीनामा दिन लागेका हुन् । मधेसमा एमालेका २३ सांसद छन् ।

एमाले सरकारबाट बाहिरीएपछि मुख्यमन्त्री यादवले पुन: विश्वासको मत लिनुपर्ने हुन्छ । एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । जसपाका यादबलाई  एमाले, माओवादी , जनमत , राप्रपा, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्रसहित कूल ६३ सदस्यले समर्थन गरेका थिए ।