५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: एमाले सरकार बाट बाहिरिदै, चार मन्त्रीले आजै राजीनामा दिने



अ+ अ-

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेका चारैजना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिने तयारी गरेका छन्।

एमालेबाट सरकारमा रहेकाभौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो। जैद आलमले राजीनामा दिने भएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि उनीहरुले राजीनामा दिन लागेका हुन् । मधेसमा एमालेका २३ सांसद छन् ।

एमाले सरकारबाट बाहिरीएपछि मुख्यमन्त्री यादवले पुन: विश्वासको मत लिनुपर्ने हुन्छ । एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । जसपाका यादबलाई  एमाले, माओवादी , जनमत , राप्रपा, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्रसहित कूल ६३ सदस्यले समर्थन गरेका थिए ।




भर्खरै