• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी अनुपस्थित



दाङ । लुम्बिनी प्रदेशमा जारी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लीला गिरी अनुपस्थित हुनुभएको छ । सोमबारदेखि सुरु भएको हो तर उहाँ दुई दिन नै अनुपस्थित हुनुहुन्छ । मा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका हुन् ।

सरकार अल्पमतमा परेकाले मुख्यमन्त्री गिरी बैठकमा उपस्थित नभएको बताइएको छ । सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले पनि बैठकमा मुख्यमन्त्री गिरीको सरकार अल्पमतमा परेकाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने बताएका थिए ।