• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

ओबामालाई पछि पार्दै मस्क बने ट्विटरमा सर्वाधिक फलोअर्स भएको व्यक्ति



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् ।

बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् ।

समाचार, विचार र पीआर सन्देशको आदानप्रदानको लागि एक प्रमुख प्लेटफर्मको रूपमा ट्विटरको भूमिका बढ्दो देखिएको छ ।

मस्कले गत हप्ता कर्मचारीहरूसँग आफ्नो कम्पनीले यसको लागि खर्च गरेको ४४ अर्ब डलरको आधा मूल्य गुमाएको बताउनुभएको थियो भने विश्व प्रसिद्ध सामाजिक सञ्जालले अझै पनि विज्ञापनदाताहरू र सरकारी नियामकहरूलाई प्रभाव नपार्नेगरी संस्थालाई अघि बढाउने बताएका थिए ।

ट्वीटर नियन्त्रणमा लिएदेखि नै मस्कले ट्वीटर समूहको पेरोललाई सात हजार ५०० कर्मचारीबाट दुई भन्दा कममा झारेका छन् । सामाजिक प्लेटफर्मलाई कठिन समयमा टिकाईराख्न र आर्थिक रूपमा व्यवहार्य बनाउनका लागि सशुल्क सेवाग्राहीको आफ्नो धारणाले मूहुर्तरूप लिने विश्वास व्यक्त गरेका थिए । तर परिणामहरू निराशाजनक देखिएका छन् ।

सशुल्क सेवाग्राहीबारे कम्पनीका प्रमुखले राखेको धारणापछि ट्वीटरले प्राविधिक खराबीको एउटा श्रृङ्खला देखेको छ । यसमा मस्कको ट्वीटले अचानक लाखौं प्रयोगकर्ताहरूको फिडमा प्रभाव नपारेको घटना पनि समावेश छ । लाखौँले कम्पनीका प्रमुख लगानीकर्ता मस्कलाई नपछ्याएको पनि देखिएको छ ।

मस्कले प्रयोगकर्ताहरूलाई ट्विटरमा अधिक स्वतन्त्र रूपमा कुराकानी गर्न प्रोत्साहित गर्नुभएको छ । साइटले कानूनद्वारा अनुमति दिइएको सेन्सरशिपको न्यूनतम मात्रा लागू गर्ने बताएको छ ।

प्लेटफर्मले अप्रिल १ देखि सेलेब्रिटी वा पत्रकारजस्ता केही व्यक्तिगत एकाउन्टका लागि ट्रस्ट बिल्डिङ ‘ब्लु टिक’ फिर्ता लिने र ग्राहकलाई भुक्तानीका लागि आरक्षित गर्ने जनाएको छ ।