• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित ★   प्रतिनिधिसभा सदस्यमा सुहाङको शपथ आज ★   पार्टी विभाजनविरुद्ध जसपा नेपाल आज अदालत जाँदै ★   आलिया भट्ट फेरि डिपफेकको सिकार भइन् ★   काठमाडौंको गौरीघाटमा आगलागी ★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने

एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, देव खनालको पूनरागमन



फाईल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीमा यू–१९ क्रिकेट टिमका कप्तान देव खनाललाई पनि समाबेश गरिएको छ । देव ७ महिनापछि सिनियर टोलीमा पूनरागमन भएका हुन् ।

देवले गत महिना यूएईमा भएको यू–१९ विश्वकप छनोटमा शानदार प्रदर्शन गरेका थिए । यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुर्याउन देवले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म नेपालमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । नेपाल यस प्रतियोगितामा विजेता बन्न सके भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।