१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्ट फेरि डिपफेकको सिकार भइन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको नयाँ डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ ।

वामिकाले यो भिडियो केही दिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी थिइन् । यो भिडियोमा उनी रातो साडी लगाएकी देखिएकी छिन् । वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन् ।

कसैले यो भिडियोसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ । अब आलियाको नक्कली भिडियो बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ ।

यसअघि पनि आलिया भट्टको एउटा डिपफेक भिडियो सार्वजनिक भएको थियो । उक्त डीपफेक भिडियोमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी एउटी युवती बोल्ड पोज दिएको देखिएकी थिइन् ।

भिडियोमा एआई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको छ कि एक नजरमा केटी आलिया भट्ट जस्तै देखिन्छन् । तर, उनको एक्सन र बडी पोष्टबाट यो भिडियो नक्कली हो भन्ने अनुमान गर्न सकिन्छ ।