२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्ट फेरि डिपफेकको सिकार भइन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको नयाँ डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ ।

वामिकाले यो भिडियो केही दिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी थिइन् । यो भिडियोमा उनी रातो साडी लगाएकी देखिएकी छिन् । वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन् ।

कसैले यो भिडियोसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ । अब आलियाको नक्कली भिडियो बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ ।

यसअघि पनि आलिया भट्टको एउटा डिपफेक भिडियो सार्वजनिक भएको थियो । उक्त डीपफेक भिडियोमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी एउटी युवती बोल्ड पोज दिएको देखिएकी थिइन् ।

भिडियोमा एआई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको छ कि एक नजरमा केटी आलिया भट्ट जस्तै देखिन्छन् । तर, उनको एक्सन र बडी पोष्टबाट यो भिडियो नक्कली हो भन्ने अनुमान गर्न सकिन्छ ।