९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने

म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने
अ अ+ अ-

काठमाडौँ । बलात्कारको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफू दोषी भए फाँसीमा चढाउन चुनौति दिएका छन् । उनले आफूलाई सुनाईएको ८ वर्षको सजायले नपुग्ने बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक अभियन्तालाईहरुलाई आफू र गौशला २६ बीच सम्बन्ध (चाहे जबरजस्ती वा अनुचित प्रभाव)बाट भएको कुरा तथ्य र प्रमाणले सावित गर्न समेत चूनौति दिएका छन् ।

आफू कानूनले नभई अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी उनको छ । सामाजिक सञ्जालमा लामिछानेले लामो स्टाटस लेखेर भनेका छन् –

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ।

तर मैले कति सहनुरु म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ।

म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन।

मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु ्र जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो।

बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।
सन्दिप लामिछाने