२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित



अ+ अ-

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।