१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्यमा सुहाङको शपथ आज



अ+ अ-

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ दिलाउने कार्यक्रम छ । त्यसलगत्तै उहाँलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिइने छ ।

यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत ल्याएर नेम्वाङ विजयी हुनुभएको थियो ।