२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, देव खनालको पूनरागमन



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीमा यू–१९ क्रिकेट टिमका कप्तान देव खनाललाई पनि समाबेश गरिएको छ । देव ७ महिनापछि सिनियर टोलीमा पूनरागमन भएका हुन् ।

देवले गत महिना यूएईमा भएको यू–१९ विश्वकप छनोटमा शानदार प्रदर्शन गरेका थिए । यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुर्याउन देवले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म नेपालमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । नेपाल यस प्रतियोगितामा विजेता बन्न सके भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।