९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो

दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ५६ औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको छ ।

योसँगै दिल्लीले अघिल्लो खेलमा भएको हारको बराबरी गरेको छ । यति मात्र होइन, क्यापिटल्सले आफ्नो प्लेअफको आशालाई जीवित राख्दै रोयल्सलाई प्लेअफमा पुग्नको लागि पर्खाइ पनि लम्बाएको छ ।

डिसीको १२ अंक छ भने टोली पाँचौं स्थानमा पुगेको छ । अर्कोतर्फ, आरआर १६ अंकसहित दोस्रो स्थानमा छ । राजस्थानको यो लगातार दोस्रो हार हो । राजस्थानलाई प्लेअफमा पुग्न अझै एक जित आवश्यक छ ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सकेको थियो । दिल्लीका कुलदीप यादवले २५ रन दिएर २ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

डीसीका ओपनर ज्याक फ्रेजर–मगार्च (५० रन) र अभिषेक पोरेल (६५ रन)ले अर्धशतक बनाए । ट्रिस्टन स्टब्सले ४१ रनको इनिङ खेले । राजस्थानका रवीचन्द्रन आश्विनले ३ विकेट लिए । युजवेन्द्र चहल, सन्दिप शर्मा र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

आरआरका सञ्जु सामसनले ४६ बलमा ८६ रनको इनिङ खेले । रियान परागले २७ रन र शिवम दुबेले २५ रन बनाए । दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट लिए । अक्षर पटेल र रसिक सलामले एक–एक विकेट लिए ।