११ श्रावण २०८३, सोमबार
,
Latest
प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानविरुद्ध नेपालको सुरुआती–११, अन्जन विष्ट पनि टिममा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले फरवार्ड अन्जन विष्टलाई पनि सुरुआती–११ मा राखेका छन् । चोटको कारणले अन्जनले लाओसविरुद्धको खेल गुमाएका थिए । आजको खेलमा भरत खवासलाई बेन्चमा राखिएको छ ।

नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २-१ ले हराएको थियो ।

नेपालले भुटानविरुद्ध हलसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध हालसम्म खेलेको १२ खेलमा १२ जित हासिल गरेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

भुटानसँग खेल्ने नेपाली टोली :

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर – नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट,

फरवार्ड -अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ