४ पुष २०८२, शुक्रबार
,
Latest
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानविरुद्ध नेपालको सुरुआती–११, अन्जन विष्ट पनि टिममा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले फरवार्ड अन्जन विष्टलाई पनि सुरुआती–११ मा राखेका छन् । चोटको कारणले अन्जनले लाओसविरुद्धको खेल गुमाएका थिए । आजको खेलमा भरत खवासलाई बेन्चमा राखिएको छ ।

नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २-१ ले हराएको थियो ।

नेपालले भुटानविरुद्ध हलसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध हालसम्म खेलेको १२ खेलमा १२ जित हासिल गरेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

भुटानसँग खेल्ने नेपाली टोली :

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर – नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट,

फरवार्ड -अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ