१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छ: सचेतक बर्तौला(भिडियोसहित)

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छ: सचेतक बर्तौला(भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु उहाँहरुको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताउनु भयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताउनु भयो । उहाँले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘माननीयहरुले राखेको विषय उहाँहरुको सार्वभौम अधिकारको कुरा हो । हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस । हेड अफ द इन्स्टिच्युसन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो । किनभने उहाँ रेफ्रिको भुमिकामा हुनुहुन्छ ।’

‘रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ ? सिंगो खेलको अवस्था के रहन्छ ? त्यसकारण जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्रि हो । रेफ्रिले निष्पक्षता, तटस्थताको आधारबाट भुमिका निर्वाह गर्नुपर्छ । यदी त्यसप्रकारको भुमिका निर्वाह गर्नको लागि जे संवैधानिक अधिकारहरु छ ।’

‘हामीले हिजो व्यवस्था गरेका अधिकारहरु छ, त्यो अधिकारलाई कुण्ठित गर्नेगरी, हातखुट्टा बाँध्नेगरी अर्थात कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइनकी सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिंगो हाउसको प्रभावकारीतामा गतिरोध निर्माण हुन्छ ।’

सचेतक बर्तौलाले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गर्नुभयो । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरुको जञ्जालमा पर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सभामुखले तटस्थ भुमिका निर्वाह गर्न सक्नुभएन । निष्पक्षता उहाँको रहेन । कहीँ प्रश्न गर्ने भुमिका रह्यो भने हाम्रा संविधानमा र यही नियमावलीमा पनि हामीले आचरण अनुरुप काम नगरेमा प्रश्न गर्ने, त्यसको उपचार खोज्ने व्यवस्था गरेका छौँ । सरकार निर्माणको अंक गणित एउटा हो । तर हाउस सञ्चालनको विषय फरक कुरा हो ।’

‘संसदलाई सञ्चालन गर्ने सन्दर्भमा सरकार निर्माणको अंक गणित, प्रतिपक्ष वा सत्तापक्ष यस हिसावले सत्ताको छायाँको आधारबाट अगाडी बढाउने यस हिसावबाट अगाडी बढ्न खोज्यो भने समग्र संसदको माध्यमबाट हामीले राष्ट्र र जनताको मुद्दाहरुमा डिबेट गरेर जाने फोरम बनाउन सक्दैनौँ । हामीले सत्ता निर्माण, सरकार निर्माणको छायाँ यसमा पर्न दिनु हुँदैन । हाम्रो नेता भनेको सभामुख हो हामीले उहाँलाई विश्वास गर्नुपर्छ ।’

‘कार्य व्यवस्था परामर्श समितिमा सबै निर्णय गरेर निर्णय भएको माइन्युट अनुसार मात्रै सभामुख अगाडी बढ्नुपर्छ भनेर यदी हामी भन्न थाल्यौँ भने लोकतान्त्रिक संस्थाहरुलाई, सर्वोच्च जनप्रतिनिधि संस्था संसद गतिहिन हुनसक्छ । अवरोधहरुको जञ्जालमा पर्नसक्छ । यो विषयलाई हामीले राजनीतिक परिपक्वताका साथ हाउसको साझा विषय बनाउनुपर्छ ।’

उहाँले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरुको रहेको पनि उल्लेख गर्नुभयो ।