• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई भेटेलगत्तै एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



फाईल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मंगलबार मध्याह्न १२ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेलगत्तै सचिवालय बैठक बोलाइएको हो ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठक बोलाइएको पुष्टि गर्नुभयो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय गरिने बताइएको छ ।

मंगलबार बिहानको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालले भेट्नुभएको थियो ।