२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु– भीम रावल



फाईल फोटो
अ+ अ-

कञ्चनपुर। नेकपा एमालेका नेता डा. भीम रावलले तत्काल एमाले नछोड्ने बताएका छन् । धनगढीमा सञ्चारकर्मिहरुसँ कुरा गर्दै उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

पत्रकारहरुले सोधेका, ‘कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु -त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने रावलले बताए ।