५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ७२ प्रतिशत फेल(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले लिएको इन्जिनियरहरुको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

परिषदले पहिलो पटक यही चैत १२ र १३ गते लिएको यस परीक्षामा दुई हजार ६ जनाले फर्म भरे पनि १ हजार ९८१ जनाले परीक्षा दिएका थिए जसमा ५६५ जना मात्र उत्तीर्ण भएका छन् अर्थात् २८.५ प्रतिशत उत्तीर्ण भएको परिषदले जनाएको छ । परीक्षामा १ हजार ४१६ जना अर्थात् ७१.५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

परिषदले अबदेखि वर्षमा दुई पटक लाइसेन्स परीक्षा लिने तयारी गरेको छ । परीक्षार्थीले ५० प्रतिशत अंक नल्याए अनुत्तीर्ण हुने प्रावधान छ ।

परिषदले इन्जिनियरिङ विषयका सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर, आर्किटेक्चर, हाइड्रोपावर, सफ्टवेयर, बायोमेडिकल, माइनिङ, मेकानिकल, जियोमेटिक्स, इन्भाइरोमेन्टल, एरोनटिकल, एरोस्पेस, एग्रीकल्चर, एग्रीइरिगेसन, अटोमोबाइल समेतका २६ विधाको परीक्षा लिएको थियो ।