• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

केपी ओलीको जेल जीवन अनुभव युट्युबमा (भिडियोसहित)



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जेल जीवनको अनुभव युट्युबमा सार्वजनिक गरेका छन् ।

‘केपी बा युटुब च्यानल’ मा उनको संस्मरणको दोस्रो भाग आज अपलोड गरिएको हो । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको २९ मिनेट लामो भिडियोमा ओलीले आफ्नो जेल जीवनको अनुभव सुनाएका छन् ।

यसअघि अध्यक्ष ओलीको ७१ औं जन्मदिनको अवसरमा उक्त भिडिओ च्यानल सुरु गरिएको थियो । पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा उनले मृत्युबाट संयोगवश बाँचेका घटनाहरु प्रस्तुत गरेका थिए ।

विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरुमाथि प्रतिबन्ध रहेको निरंकुश पञ्चायती व्यवस्थाको कठोर कालखण्डमा राज्यविरुद्धको अपराधको झटा मुद्दा लगाएर ओलीलाई १४ वर्ष कारावास राखिएको थियो । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीले गोलघरमा बिताएका थिए ।