• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेको हत्या भयो– अशोक राई(भिडियोसहित)



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद अशोक राईले मुलुकमा गणतन्त्र र संघीयता आए पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा समय मागेर बोल्दै सांसद राईले संविधान जारी गर्ने बेलामा पनि मधेशमा पहिचानको अधिकार माग गर्ने ५९ जनाको हत्या भएको बताउनुभयो । अहिले कोशी प्रदेश नामकरणको विरोधमा जारी आन्दोलनमा पनि हत्या भएको उहाँको भनाइ थियो ।

हामीले लोकतान्त्रिक परिपाटीसहितको संघीय गणतन्त्र स्थापित गरेका छौँ भन्दै उहाँले यही लोकतन्त्र, गणतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको हत्या भएको उहाँले बताउनुभयो ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा यही चैत १० गते पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।