१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित



अ+ अ-

काठमाडौँ । समाजसेवी तथा पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमी सम्मान २०८० बाट सम्मानित हुनु भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले शाहलाई सम्मान गर्नुभयो ।

समाजसेवा तथा पर्यटन व्यवसायमार्फत शाहले मुलुकमा पुऱ्याउनु भएको योगदान अतुलनिय भएको भन्दै सम्मान गरिएको विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले जनाएको छ ।

सम्मानमा भनिएको छ – ‘समाजसेवा तथा पर्यटन व्यवसायमार्फत यहाँले मुलुकमा पुऱ्याउनु भएको योगदान अतुलनिय छ । समाजका विभिन्न क्षेत्रमा आर्थिक र भौतिक रुपमा यहाँले विशेष सहयोग पुयाउँदै आउनुभएको छ । यस क्षेत्रमा मन वचन र कर्मले आजसम्म पुऱ्याउँदै आउनुभएको अवदानको हामी मुग्धकण्ठले प्रशंसा गर्दछौ । यहाँको सृजनशील सामाजिक एवम् व्यवसायीक कार्य अझ ऊर्जाशील र प्रेरणादायक बनोस् भन्ने कामनाका साथ समग्रमा यहाँको व्यक्तित्वको उच्च मूल्याङ्कन गर्दै चौथो हिमालयन इन्टरनेशनल अवार्डको यो विशेष समारोहमा श्रद्धा ‘हिमालयन युवा उद्यमी सम्मान (२०८०) ले सुशोभित गर्दछौं । आगामी दिनमा यस क्षेत्रमा यहाँको अझ बढी सक्रियता रहोस् भन्ने कामना गर्दछौं ।’




भर्खरै