११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेको हत्या भयो– अशोक राई(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद अशोक राईले मुलुकमा गणतन्त्र र संघीयता आए पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा समय मागेर बोल्दै सांसद राईले संविधान जारी गर्ने बेलामा पनि मधेशमा पहिचानको अधिकार माग गर्ने ५९ जनाको हत्या भएको बताउनुभयो । अहिले कोशी प्रदेश नामकरणको विरोधमा जारी आन्दोलनमा पनि हत्या भएको उहाँको भनाइ थियो ।

हामीले लोकतान्त्रिक परिपाटीसहितको संघीय गणतन्त्र स्थापित गरेका छौँ भन्दै उहाँले यही लोकतन्त्र, गणतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको हत्या भएको उहाँले बताउनुभयो ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा यही चैत १० गते पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।