६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गर्नुभयो । उहाँले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताउनु भयो ।

उहाँले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताउनु भयो । उहाँले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निरन्तर प्रक्रिया हो । समस्याहरु आइरहन्छन् । समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ । शंका गर्नुपर्ने आधार देखेको छैन ।

संसदलाई समस्या समाधानको थलो बनाउनुपर्छ । अवरोधको थलोमा लैजानु हुँदैन । यसमा सबै राजनीतिक दलहरु सचेत हुनुहुन्छ । संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुन्छ । आउँदा दिनमा दलहरु गम्भीर हुनेछन् । समस्याको समाधान दलबाट निकाल्दै संसद अघि लैजान प्रभावकारी रुपमा लैजानुहुन्छ । अवरोध हटाउन सबैको आफ्नो आफ्नो भुमिका हुन्छ ।’

सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुने र आउँदा दिनमा दलहरु गम्भीर हुनुपर्ने बताउनु भयो ।