२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको जुरोङ रोबट मङ्गल ग्रहमा अवतरण गरेको क्षण, हेर्नुहोस्



अ+ अ-

एजेन्सी । चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडिओ सार्वजनिक गरेको छ। ती तस्बिरहरू उक्त रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो।

जुरोङले मे महिनामा मङ्गल ग्रहमा गरेको अवतरण उसको प्याराशुट प्रणालीको कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ। छ पाङ्ग्रे उक्त रोबटले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको छ।

चीनको अन्तरिक्ष सम्बन्धी निकाय द चाइना न्याशनल स्पेस एजेन्सी (सीएनएसए) का अनुसार जोरुङले ४२ मङ्गल सोल्स अर्थात् त्यहाँको ४२ दिनमा २३६ मिटर गुडेको छ। सोल भनेको मङ्गलको एक दिन हो। मङ्गलको एक दिन २४ घण्टा ३९ मिनेटको हुन्छ। रातो ग्रह पनि भनिने मङ्गललाई परिक्रमा गरिरहेको तियानवेन-१ स्याटलाइटले नयाँ तस्बिरहरू पृथ्वीमा पठाएको हो।

सीएनएस प्रेस विज्ञप्तिमा भनिएको छ "अर्बिटर र मङ्गलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ। रोभरले मङ्गलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ पार्टीको शतवार्षिकी सन्दर्भमा दूरको आशीर्वाद पठाइरहेको छ।"

१४ मे मा अवतरण गरेपछि भिडिओ आउला भन्ने अपेक्षा राखिएको थियो। रोभरको प्याराशुट प्रणालीका केही तस्बिरहरू गत हप्ता सार्वजनिक गरिएको थियो।

भिडिओमा भने मङ्गलको वायुमण्डलको चक्र जस्तो तह फिँजिएको देखिएको छ। अवतरण गरेको स्थान नजिकै पाङ्ग्रा चलमलाउँदै गरेको जुरोङ रोबट भिडिओमा जुरोङ र उसको अवतरण गर्ने प्ल्याटफर्म खसेको र तल हेर्ने क्यामेराले मङ्गलको भुईँ छोएको पनि देखिन्छ।