• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु

च्याम्पियन्स लिग ड्रः म्यान्चेस्टर सिटी र बायर्न भिड्ने, अन्य कसको प्रतिद्वन्द्वी को ?



एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल तथा सेमिफाइनल ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ड्र अनुसार प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र ६ पटकको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ ।

यस्तै, इन्टर मिलानले बेन्फिका र सिरी ए च्याम्पियन एसी मिलानले लिग लिडर नापोलीसँग खेल्नेछ ।

यदि चेल्सी र म्यानचेस्टर सिटीले जित निकालेमा प्रिमियर लिग टोली सेमिफाइनलमा भिड्नेछन् । यस्तै, अर्को सेमिफाइनलमा एसी मिलान वा नापोलीले इन्टर मिलान वा बेन्फिकाको सामना गर्नेछन् ।

यस्तो छ ड्रः
रियल मड्रिड भर्सेस चेल्सी
इन्टर मिलान भर्सेस बेन्फिका
म्यान्चेस्टर सिटी भर्सेस बायर्न म्युनिख
एसी मिलान भर्सेस नापोली