४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता
अ+ अ-

एजेन्सी । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ ।

एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीहरूलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानीकर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताउनुभएको छ । ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिनुहुन्छ ।

मेमोमा च्यूले स्पष्ट पार्दै भन्नुभएको छ, “अमेरिकी संयुक्त उद्यम अमेरिकी प्रयोगकर्ताहरूको डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री मोडरेशन र सफ्टवेयर आश्वासनका लागि जिम्मेवार हुनेछ ।” उहाँका अनुसार यस नयाँ संरचनाले अमेरिकी प्रयोगकर्ताका लागि सामग्री, सफ्टवेयर र डाटा सुरक्षित रहेको सुनिश्चित गर्ने विशेष अधिकार पाउनेछ ।

सम्झौताअनुसार, नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताहरूको कन्सोर्टियमसँग रहनेछ, जसमा प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ । बाइटडान्ससँग प्रत्यक्ष रूपमा २० प्रतिशत स्वामित्व मात्र रहनेछ, जुन अमेरिकी कानूनले चिनियाँ कम्पनीलाई अनुमति दिएको अधिकतम सीमा हो । बाँकी हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्तासँग सम्बद्ध पक्षहरूको हातमा रहनेछ ।

मेमोमा उल्लेख गरिएअनुसार, टिकटक ग्लोबलका अमेरिकी एकाइहरूले विश्वव्यापी उत्पादन अन्तरक्रियाशीलता, ई–वाणिज्य, विज्ञापन तथा मार्केटिङजस्ता केही व्यावसायिक गतिविधिहरू पनि व्यवस्थापन गर्नेछन् । यद्यपि, सम्झौतालाई पूर्ण रूपमा अन्तिम रूप दिन जनवरी २२ अघि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने च्यूले जानकारी गराउनुभएको छ ।

यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पारित गरिएको त्यस कानूनको प्रत्यक्ष परिणाम हो, जसले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्न बाध्य बनाएको थियो । अमेरिकी अधिकारीहरूले लामो समयदेखि चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न वा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले यस विषयमा पटक–पटक कार्यकारी आदेशमार्फत समयसीमा सार्दै आउनुभएको थियो । सेप्टेम्बरमा ह्वाइट हाउसले चीनसँग संयुक्त उद्यममा सहमति भइसकेको र कानूनी आवश्यकताहरू पूरा हुने घोषणा गरेको थियो, जुन अहिलेको सम्झौताबाट धेरै हदसम्म पुष्टि भएको छ ।

बाइटडान्सले सम्झौतामा तत्काल प्रतिक्रिया नदिए पनि विश्लेषकहरूका अनुसार यो सम्झौताले कम्पनीलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजार गुम्नबाट जोगाएको छ । चिनियाँ प्रविधि परामर्शदाता ली चेङडोङले भन्नुभयो, “अमेरिकी सञ्चालन कायम रहनु नै बाइटडान्सका लागि ठूलो उपलब्धि हो ।”

विज्ञहरूका अनुसार यस समाधानले बाइटडान्सलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) जस्ता नयाँ परियोजनामा ध्यान केन्द्रित गर्न र सम्भावित आइपीओतर्फ अघि बढ्न सहयोग पु¥याउन सक्छ । तर, विश्लेषक झाङ यीले अमेरिकी नियामकहरूले भविष्यमा पनि टिकटकमाथि दबाब सिर्जना गर्न सक्ने चेतावनी दिनुभएको छ ।