१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस



Nepali Congress
अ+ अ-

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफरिस गरेको हो । आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि डा मुिक्तराम श्रेष्ठ, डा जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र पार्टी उपसभापति बाबुराम पौडेल को नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले बताउनुभयो ।

यस्तै समानुपातिकतर्फ पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि पूर्व सांसद डा रामबहादुर विसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र कांग्रेस पूर्व केन्द्रिय सदस्य बालकृष्ण पाण्डेको नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो ।