३ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन आईपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन्।

मंगलबार अबुधाबीमा जारी मिनी अक्सनमा उनलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले २५ करोड २० लाख रुपैयाँमा खरिद गरेको हो।

ग्रिनले आफ्नै देशका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन्।

स्टार्कलाई २०२४ मा केकेआरले २४ करोड ७५ लाख रुपैयाँमा किनेको थियो। आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी भने ऋषभ पन्त (२७ करोड रुपैयाँ) रहेका छन्।