काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् ।
रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण भैरहवाको सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् ।
लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् ।
बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।
उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेश जारी गर्दै उनलाई विभिन्न शर्तहरू तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् । लामिछानेलाई नख्खु कारागारमा राखिएको थियो ।









