१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने



फाईल फोटो
अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलको वर्तमान सरकार अल्पमतमा परेको छ । केही साताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकार अल्पमतमा परेको हो ।

बागमती प्रदेशमा गत पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका छन् ।