१२ श्रावण २०८३, मंगलवार
,
Latest
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा पपुवा न्युगिनी (पिएनजी) यूएईलाई २३५ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २३४ रन जोडेको हो ।

पिएनजीका लागि कप्तान अशाद भालाले सर्वाधिक ६५ रनको योगदान दिए । ९२ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । यस्तै, नोर्मान भनुआ ४९ बलमा अविजित रहे । मात्र ३१ बलमा ५ छक्का र एक चौका प्रहार गर्दै उनले ४९ रन जोडेका हुन् ।

यस्तै, रिले हेकुरेले २२ बलमा ३३ रन जोड्दा किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए । आल्र्स अमिनिले ४४ बलमा २२ रन जोडे भने गाउडी टोकाले २५ बलमा १५ रन जोड्दै पेभिलियन फिर्ता भए ।

यूएईका लागि हजरत बिलालले चार विकेट लिँदा रोहन मुस्तफा र जवार फरिदले एक–एक विकेट लिए ।