४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा पपुवा न्युगिनी (पिएनजी) यूएईलाई २३५ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २३४ रन जोडेको हो ।

पिएनजीका लागि कप्तान अशाद भालाले सर्वाधिक ६५ रनको योगदान दिए । ९२ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । यस्तै, नोर्मान भनुआ ४९ बलमा अविजित रहे । मात्र ३१ बलमा ५ छक्का र एक चौका प्रहार गर्दै उनले ४९ रन जोडेका हुन् ।

यस्तै, रिले हेकुरेले २२ बलमा ३३ रन जोड्दा किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए । आल्र्स अमिनिले ४४ बलमा २२ रन जोडे भने गाउडी टोकाले २५ बलमा १५ रन जोड्दै पेभिलियन फिर्ता भए ।

यूएईका लागि हजरत बिलालले चार विकेट लिँदा रोहन मुस्तफा र जवार फरिदले एक–एक विकेट लिए ।