५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना



अ+ अ-

काठमाडौँ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवाना सजाय सुनाइएको छ ।

भ्रष्टाचारमा दोषी ठहर सांसद गुरुङलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको हो ।

दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । यस्तै ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ ।

स्रोतका अनुसार कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको छ भने नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारबाट १४ जनाविरुद्ध मुद्दा परेको थियो ।