२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बितण्डा मच्चाएको मेलम्ची खोला



अ+ अ-

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । 

१६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ ।

असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची- वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिनुभयो । खोलाको मात्रा बढिरहेको छ ।

अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भन्नुभयो । तस्वीर: देवराज सुवेदी, रासस