२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाको प्रश्न: कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम कसको हो ?



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम कस्को हो भन्दै सरकारी पक्षका कानुन व्यसायीलाई प्रश्न गर्नुभएको छ । 

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार सुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाले पूर्व महान्यायाधीवक्ता समेत रहनु भएका वरिष्ठ अधिवक्ता अग्नि खरेललाई सोध्नुभयोः राष्ट्रपतिको काम कर्तव्यको दायित्वभित्र कुन सदस्यले भोलि कसलाई भोट हाल्छ कि हाल्दैन भनेर हेर्ने हो र ?

बहसका क्रममा खरेलले ह्वीप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने  दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ह्वीप लाग्ने अनिवार्य भएकाले राष्ट्रपतिले शेरबहादुर देउवाको दाबी अस्वीकार गर्नुभयो, यो  संविधान र संसदीय मान्यता अनुसारको छ ।