२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाको प्रश्न: कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम कसको हो ?



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम कस्को हो भन्दै सरकारी पक्षका कानुन व्यसायीलाई प्रश्न गर्नुभएको छ । 

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार सुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाले पूर्व महान्यायाधीवक्ता समेत रहनु भएका वरिष्ठ अधिवक्ता अग्नि खरेललाई सोध्नुभयोः राष्ट्रपतिको काम कर्तव्यको दायित्वभित्र कुन सदस्यले भोलि कसलाई भोट हाल्छ कि हाल्दैन भनेर हेर्ने हो र ?

बहसका क्रममा खरेलले ह्वीप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने  दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ह्वीप लाग्ने अनिवार्य भएकाले राष्ट्रपतिले शेरबहादुर देउवाको दाबी अस्वीकार गर्नुभयो, यो  संविधान र संसदीय मान्यता अनुसारको छ ।