२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक बस्दै, विपक्षी दल विरोधमा, १२ ओटा अध्यादेश पेश गर्ने सरकारकाे तयारी



अ+ अ-

काठमाडौं। राष्ट्रियसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे  बस्ने बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।  

सरकारले –संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७, शपथ सम्बन्धी अध्यादेश, २०७८, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ टेबल गर्दैछ ।

यसै गरी नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि तेस्रो संशोधन अध्यादेश, २०७८ सम्बन्धी अध्यादेशहरू पेश हुनेछन् । तर आजको बैठकमा विपक्षी दलहरुले विरोध गर्ने तयारी गरेका छन् ।